भदौ र असोजमा मात्रै १५ वटा फिल्म प्रदर्शनको लाइनमा !

काठमाडौं, १७ साउन । पछिल्लो समय फिल्म निर्माणको संख्या बढेसँगै त्यसलाई सार्वजनिक प्रदर्शन गर्ने चाप पनि देखिएको छ । विशेषगरि, चाडपर्वको छेको पारेर निर्माताहरूले फिल्म रिलिज गर्दा एउटै महिनामा चाप पनि बढी देखिएको छ ।

वैशाख र जेठमा फिल्मको चाप बढी देखियो । असार र साउनमा यो चाप केही कम छ । तर, भदौ र असोजमा फिल्मको चाप फेरि बढ्ने देखिएको छ । निर्माण पक्षले तिजदेखि तिहार र छ्ठ सम्मको  समयमा चलचित्र प्रदर्शन गर्नेगरी मिति तोकेका छन् । पछिल्लोपटक मंसिर ७ लाई प्रदर्शन मिति तोक्दै चलचित्र ‘अग्निदहन’ पनि प्रतिस्पर्धामा उत्रिएको छ।

भदौमा एकपछि अर्को फिल्मको प्रदर्शन मिति फाइनल भइरहेको छ । भदौ र असोजमा नेपाली फिल्मको व्यापार पनि सुखद हुने भएकाले निर्माताहरू आकर्षित भएका हुन् । कृष्णजन्माष्टमी, गाइजात्रा, जनैपूणिर्मा र हरितालिका तीज भदौमा परेकोले सार्वजनिक बिदा पनि परेको छ।

भदौको ७ गते फिल्म ‘सतीदेवी’, भदौको १४ गते फिल्म ‘वर एण्ड बधु’को रिलिज मिति पक्का भएको छ । यसअघि नै भदौको २१ गते फिल्म ‘रावायण र देवी’को रिलिज मिति पक्का भइसकेको छ । भदौको २८ मा फिल्म ‘तेल भीसा’ले प्रदर्शन मिति फाइनल गरिसकेको छ ।

भदौमा हरेक साता एउटा फिल्म रिलिज हुने पक्का भइसकेको छ । यसैले, दर्शकले यी सबै फिल्म हेर्नका लागि राम्रै पैसा खर्च गर्नुपर्ने हुन्छ । अझै केही सानो बजेटमा बनेका चलचित्र पनि प्रदर्शनको तयारीमा छन् ।

असोज महिनामा झन् फिल्मको चाप बढी छ । असोजको ३ गते ‘आउटलः दफा २१९, ह्रस्व दीर्घ र खुस्मा’ रिलिज फाइनल गरिएको छ । यी तिनै फिल्म यो मितिमा रिलिजका लागि तयार भएका छन् । एउटै मितिमा दुई भन्दा बढी चलचित्र जुधाउन नहुने सुझाव आएपनि निर्माताहरूले यो मितिबाट कुनैपनी हालतमा पछि नहट्ने अड्डी कसेर बसेका छन् । ज्योतिष एवं नायक हरिहर अधिकारीको चलचित्र ह्रस्व दीर्घको बढी चर्चा छ।

यस्तै, यो वर्षको दशैंमा ४ वटा फिल्म रिलिज हुने पक्कापक्की जस्तै देखिन्छ । दशैंमा ‘सानो संसार, छक्का पन्जा ५, १२ गाउँ र बेहुली फ्रेम मेघौली’को रिलिज मिति पक्का भइसकेको छ । यी मध्ये ‘सानो संसार’ घटस्थापना र ‘छक्का पन्जा ५’ फूलपातीमा आउने पक्का भइसकेको छ । बाँकी दुई फिल्म दशैं भनेपनि कुन दिनबाट फिल्म रिलिज गर्ने फाइनल गरेका छैनन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय