यति विमान दुर्घटना अघि पाइलट र को-पाइलट बीच के कुरा भएको थियो ?

फाइल तस्वीर

काठमाडौं । २०८० माघ १ गते बिहान पोखरा विमानस्थलमा ल्यान्ड गर्नु अघि सेती नदि खोचमा झरेर दुर्घटना भएको यति एयरलाइन्सको जहाजमा अन्तिम समयमा भएको पाइलट र को-पाइलट बिचको कुराकानी बाहिरिएको छ।

ग्राउन्ड जिरो नामक युटुब च्यानलमा उक्त कुराकानी सार्बजनिक भएको छ। पहिलो सम्पर्कमा एटीसीले जहाजलाई लेखनाथतर्फ रहेको प्रवेश बिन्दु (रनवे ३०) बाट अवतरणका लागि निर्देश गरेका थिए । तर, पछि पाइलटले फेवातालतर्फबाट पस्ने पश्चिमी ‘रनवे १२’ बाट अवतरणका लागि अनुरोध गरेको र अनुमति पाएको उक्त प्रतिवेदनमा छ ।

उक्त अडियोअनुसार दुवैजना पाइलट र कोपाइलटलाई कुनै गडबडी भएको अन्तिम समयसम्म थहा नभएजस्तो सुनिन्छ ।

पाइलटः रेडियो नेपालको टवर याद गर्‍या थेनौं होला, ऊ त्यो हो चाँही हो । ऊ त्यो ठूलो । ऊ त्यो डाँडाको अल्लि यता । अल्लि लङ बनाउन गयो भने त्याँ पुग्छ नि फेरि । यता जानु हुँदैन ।

कोपाइलटः हजुर देखिरा’छु ।

कोपाइलटः अब म्यानुअल लिने हो त ?

पाइटलः हैन हैन पर्दैन, एकछिन पर्दैन ।

कोपाइलटः पर्दैन, एए ओके ।

पाइटलः यो सीधा गइन्जेल पर्दैन् । त्यसपछि ।

कोपाइलटः ए ।

पाइलटः अ अब यहाँबाट चाँहि म्यानल लेउ । म्यानल लिएर जिपर १५० ।

कोपाइलटः क्लयास ३० !

पाइलटः क्लयास ३० । झर्दै जाउ है । झर्दै जाउँ तलपनि जाउँ ।

पाइलटः ओके विफोर ल्यान्डिङ, ल्यान्डिङ गियर ।

कोपाइलटः डाउट ३ बीट ।

पाइलटः फ्लाप्स ।

कोपाइलटः ३० ।

(तीव्र गतिमा भएको अस्पस्ट संवाद)

कोपाइलटः के आयो !

पाइलटः ह !

कोपाइलटः इलिफ्ट भनेर आइरा छ ।

कोपाइलटः अल्टीच्युट टर्न होइन ?

पाइलटः हो । कन्टिन्यू टर्न । अब यो नयाँ एयरपोर्ट पट्टि ।

कोपाइलटः ओके ।

पाइलटः अल्लि तल ।

कोपाइलटः तल होइन् । यो त यतीकै ठीक छ । पावर हाल ।

कोपाइलट : पावर नै आएन सर ।

पाइलटः हा… !

कोपाइलटः पावर नै आएन ।

पाइलटः अगाडि हाल्नुपर्‍यो ।

कोपाइलटः आएन सर…पावरै आएन् ।

पाइलटः ओके यता जाउँ त ।

कोपाइलटः ओके ।

कोपाइलटः यो ड्युअल ल्यान्डिङ है सर ।

पाइलटः ह !

कोपाइलटः टर्कै आएन के सर, यहाँ आउनुपर्‍यो नि सर ०० ।

पाइलटः के भयो ?

यतिमै कोपाइलटको चिच्चाहटसँगै जहाज दुघट्ना भएको आवाज सुनिन्छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय