पोखरामा स्कुल बस दुर्घटना हु्ँदा एक विद्यार्थीसहित दुईको ज्यान गयो

पोखरा, १४  साउन । पोखरामा स्कुल बस दुर्घटना हुँदा एक बालकसहित दुईजनाको मृत्यु भएको छ । सोमबार विहान पोखराको दक्षिणपश्‍चिमी डाँडामा पर्ने पोखरा महानगरपालिका-२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल स्कुलको ग १ क ६२१९ नं. को बस दुर्घटना भएको थियो ।

मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक छन् । प्रिन्स सोही स्कुलमा अध्ययनरत थिए ।

आरतीको घटनास्थलमै ज्यान गएको थियो भने दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रिन्सको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परेर २८ जना घाइते भएका छन् ।

घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए ।

विद्यार्थी लिएर पोखरा १७ विरौटास्थित स्कुलतर्फ आउँदै गर्दा बस माथिल्लो घुम्तीबाट तल्लो घुम्तीमा खसेको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय