साउनको दोस्रो सोमबार, विहानैदेखि पशुपतिमा घुइँचो

काठमाडौं, १३ साउन । साउन महिनाको दोस्रो सोमबार आज पनि काठमाडौंको पशुपतिनाथ मन्दिरसँगै देशका विभिन्‍न शिवालयहरुमा विहानैदेखि भक्तजनहरुको भीड लागेको छ ।

काठमाडौंको पशुपतिनाथ मन्दिरमा विशेषगरी महिला भक्तजनको बढी भिड छ । काठमाडौं उपत्यका भित्रका शिवालयमा पनि उत्तिकै भिड छ। यसैगरी तनहुँ, कास्की,पर्वत,सुनसरी,झापा, चितवन र नवलपुरका शिवालयहरुमा बिहानैदेखी भिड छ। चितवन,तनहुँ र नवलपुरको संगम स्थल देवघाटधाम, पोखराको केदारेश्‍वर र सुनसरीको चतरा लगायत मन्दीरमा पनि विहानैदेखि भक्तजनहरुको भीड छ ।

साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ । महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ ।

यस वर्ष साउनमा चारवटा सोमबार परेको छ । हिन्दु परम्परा अनुसार अन्य समयमा माछा मासु र मदिरा पिउनेले पनि साउनमा नखाने गर्छन् । भगवान शिवका भक्तले साउन भरी हरियो र पहेंलो वस्त्र पहिरने र शुद्ध शाकाहारी भोजन गर्ने गर्दछन् ।

हेरौं तस्वीरहरु:

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय