भारतलाई हराउँदै श्रीलंकाले जित्यो महिला एसिया कप क्रिकेटको उपाधि

काठमाडौं, १३ साउन । श्रीलंकामा जारी महिला एसिया कप क्रिकेटको उपाधि घरेलु टोली श्रीलंकाले जितेको छ । आइतबार भएको फाइनल खेलमा भारतलाई ८ विकेटले हराउँदै श्रीलंकाले उपाधि जितेको हो ।

भारतले दिएको १६६ रनको लक्ष्य श्रीलंकाली महिला टोलीले ८ बल बाँकी छँदा २ विकेटको क्षतिमा भेट्टायो । श्रीलंकाका हर्सिथा समराविकरामाले सर्वाधिक रनको अविजित पारी खेलिन् । त्यस्तै कप्तान चमारी अथापथुले ६१ रन बनाइन् । भारतकी राधा यादवले १ विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६५ रन बनाएको थियो । स्मृति मन्धनाले सर्वाधिक ६० रन बनाउँदा रिचा घोशले ३० र जेमिया रोड्रिग्वेजले २९ रन बनाइन् ।

श्रीलंकाकी कविशा दिलरीले २ विकेट लिँदा प्रबोधनी, सचिनी निसान्सला र चमारी अथापथुले १-१ विकेट लिइन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • गाईपालनबाट मासिक २ लाख

    रोजगारीका लागि ८ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका...