त्रिशुलीमा देखिएको रातो वस्तु बस हो कि अरु केही ?

चितवन, १२ साउन । त्रिशुलीमा गएको १६ दिनदेखि हराइरहेका दुई बस अझैपनि भेटिएका छैनन् । हालसम्म नेपालका विभिन्न टोलीहरुका साथै भारतबाट मगाएका विशेषज्ञ टोलीहरुको मद्दतमा खोजी कार्य जारी रहँदा समेत बसको बारेमा पत्तो हुन सकेको छैन ।

पछिल्लो केही दिनयता यात्रुहरुकाे बारेमा पनि कुनै पत्तो छैन । यसैबीचमा शनिबार घटनास्थलबाट केही तल केराबारी भन्‍ने स्थानमा बस भेटिएको आशंका गरिएको छ । स्थानीयले पानीको छालसँगै रातो रङ्गको बसजस्तै देखिने बस्तु देखिएको दाबी गरेका छन् ।

प्रत्यक्षदर्शी होम रानाले रातो रङ्गको वस्तु देखेको र त्यो दुई साताअघि हराएको बस नै हुनसक्ने दाबी गरे । पहिले बस खस्दा पनि त्यस्तै ठाउँमा अड्किने गरेको र त्यहाँ पानीको छाल त्यस्तो हुने गरेको उनीहरुको भनाइ छ ।

यद्यपि प्रहरीले भने उक्त वस्तु आज दिउँसो खोजी कार्य गरिने क्रममा हराएको चुम्बक वा त्यसैसँग बगेको ट्युब हुनसक्ने बताएको छ । यसबारेमा विस्तृत विवरण आउन बाँकी छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • तराईमा शीतलहर,जनजीवन कष्टकर

    काठमाडौं । काठमाडौं लगायत पहाडी जिल्लामा चर्को घामसँगै गर्मी बढ्न थालेपनी कोसी र मधेसको पूर्वी क्षेत्रमा शीतलहरका कारण...

  • स्याङ्जामा व्यावसायिक आलुखेती

    वालिङ । स्याङ्जाका केही किसानले व्यावसायिक रुपमा आलुखेती थालेका छन् । गल्याङ, चापाकोट, भीरकोट, वालिङका किसानले व्यावसायिक...

  • तस्बिर :साँख दह,रुकुम

    मनमोहक देखिएको रुकुमको साँख दह रुकुम पश्चिमको मुसिकोट नगरपालिका-७ मा अवस्थित साँख दह । दह संरक्षणमा स्थानीय सरकारले चासो...