वसन्तपुर हनुमानढोका डुल्दा (तस्बिरहरु)

काठमाडौं, १२ साउन । संघीय राजधानी काठमाडौं भित्रै केही यस्ता ऐतिहासिक महत्त्व बोकेका सम्पदाहरु छन् जसका बारेमा धेरैलाई थाहा नहुन सक्छ। विश्व सम्पदा सुचीमा परेका ऐतिहासिक र धार्मिक स्थल मध्य काठमाडौं भित्रै ७ वटा रहेका छन् । आज हामी त्यसै मध्यको एक वसन्तपुर दरवार र हनुमानढोकाको बारेमा शब्द चित्र प्रस्तुत गर्दैछौं ।
भनिन्छ काठमाडौं आफैंमा मन्दिरै मन्दिरको शहर हो। यहाँको हरेक गल्ली र चोकमा मन्दिर वा चैत्य अनि कलात्मक झ्याल ढोकाले सजिएका पुराना ऐतिहासिक संरचना भेटिन्छ। जुन धेरै बर्ष अगाडिको हो भन्ने अनुमान लगाउन सकिन्छ। त्यसैले त काठमाडौं घुम्न आउने आन्तरिक र बाह्य पर्यटकका लागि यहाँका मन्दिर एवं पुराना र परम्परागत घरहरू आकर्षणको केन्द्र बन्ने गरेको छ ।
यसै मध्यको एक सम्पदा हो वसन्तपुर र हनुमानढोका दरबार। यो दरबार लगायत यस क्षेत्रमा रहेका अन्य ऐतिहासिक भवन तथा मन्दिरहरू राजा रत्न मल्लदेखि पृथ्वीवीरविक्रम शाहका पालासम्म निर्माण गरिएका हुन् ।
यस क्षेत्रमा तलेजु मन्दिर, जगन्नाथ मन्दिर, शिव पार्वती मन्दिर,ठुलो दमाहा, ठुलो घण्टा, कालभैरव, मैजुदेवल, कुमारीघर, वसन्तपुर दरबार, गद्दी बैठक, काष्ठमण्डप लगायत थुप्रै हेर्न लायक छन् ।सन् १९७९ मा यो क्षेत्र विश्व सम्पदाको सूचिमा सूचिकृत भएको हो ।
तस्वीरहरु:









