आफू पोखरा जाने भएपछि श्रीमती र छोरालाई समेत बोलाएर उडेका थिए शर्मा
काठमाडौं, ९ साउन । बुधबार बिहान सौर्य एयरलाइन्सका प्राविधिक मनुराज शर्माले जहाज मर्मतका लागि पोखरा जादै गरेको र जहाजमा प्रयाप्त सिट खाली रहेकोले श्रीमती र छोरालाई समेत घुमाउन लैजाने योजना बनाए।
ऊर्जा मन्त्रालयमा कार्यरत श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्मालाई उनल पोखरा घुम्न जान प्रस्ताव गरे। पोखरा घुम्ने भनेपछि दुबैले ‘ओके’ पनि गरे। सोही अनुसार एयरपोर्ट पुगेर तीन जनाको परिवार विमान चढ्यो तर,दुर्भाग्य उनीहरु पोखरा पुग्न त पाएनन् नै जीवन समाप्त भयो । उनीहरु चढेको जहाज उड्न नपाउदै विमानस्थल पुर्वको गोठाटार साइडमा खाेंचमा खस्यो। जहाज दुर्घटना भएपछि आगो लाग्दा यात्रामा रहेका १८ जनाको मृत्यु भयो । त्यसमा सबै सौर्यका कर्मचारी भनिएपनी एउटा परिवारको ३ सदस्यको दु:खद अन्त्य भएको छ।
सौर्य एयरलाइन्समा प्राविधिक रहेका मनुराज शर्मा उनकी श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्मा गरी एकै परिवारका तीनको ज्यान गएपछि घटनाले अर्को दु:खद मोड लिनपुग्यो।
जहाज मर्मतका लागी जाने भएपछि त्यसमा परिवारलाई नलगेको भए सायद मनुराजका श्रीमती र छोरा बाँच्ने थिए । मनुराजकी श्रीमती प्रिजा ऊर्जा मन्त्रालयमा कम्प्युटर अपरेटरका रूपमा कार्यरत रहेको बुझिएको छ। उनको माइती सप्तरी रहेको बुझिएको छ।