सौर्य एयरलाइन्स दुर्घटना: १८ को मृत्यु, पाइलटको उपचार हुँदै (तस्वीरहरु)
५ जना ब्यबस्थापक पनि परेकाठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा एयरलाइन्सका ५ जना व्यवस्थापक पनि रहेको बुझिएको छ। पाइलट भने हाल उपचार गराइरहेका छन् ।
दुर्घटनामा सबै सौर्य एयरलाइन्सका कर्मचारी रहेका छन् । स्रोतका अनुसार सुरक्षा प्रमुख सागर कुमार आचार्य, कन्टिन्युङ एयरवर्दिनेस म्यानेजमेन्ट अर्गनाइजेसन म्यानेजर अश्विन कुमार निरौला, जहाज मर्मत प्रमुख यज्ञप्रसाद पौडेल, अपरेसन डाइरेक्टर क्यापटेन मनिषरत्न शाक्य, दिलिप बर्मा क्वालिटी एस्विरेन्स प्रमुख दिलिप बर्माको पनि निधन भएको छ ।
क्याप्टेन मनिषरत्न शाक्यको अहिले केएमसी अस्पतालमा उपचार भइरहेको छ। अन्य सबैको मृत्यु भइसकेको छ। क्याप्टेन शाक्यले सन् २००९ देखि गुण एयरलाइन्स उडान सुरु गरेका थिए। उनले २०१२ देखि स्रिमिक एयरलाइन्समा करिब ३ वर्ष ट्रेनिङ म्यानेजरको रुपमा काम गरेका थिए।
यसैगरी दुर्घटना स्थलमा प्रधानमन्त्री केपी शर्मा ओली सहित केही मन्त्रीहरु पुगेर अवस्था बुझेर फर्किएका छन् । घटना हुँदा जहाजले सुरुमा कन्टेनरलाइ ठक्कर दिएर गोठाटार पट्टी खोचमा खसेको थियो। जहाज जलेर पुर्ण क्षतिग्रस्त भएको छ। पाइलट मात्रै घाइते अवस्थामा जहाजबाट निस्केर बाचेका हुन् ।
तस्वीरहरु हेर्नुस् :