सौर्यको विमान दुर्घटना: चारजनाको शव फेला, उद्दार जारी
काठमाडौं, ९ साउन । त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको छ । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको हो ।
उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेका थिए । हालसम्म ४ जनाको शव भेटिएको छ । सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरुले आगो निभाएर अहिले उद्दारको काम भइरहेको छ ।
विमानमा सवार अन्यको अवस्थाबारे विवरण आउन बाँकी छ ।