क्रीकेटर सन्दीप लामिछानेले सफाइ पाएको फैसलामा के छ ? (पूर्णपाठसहित)

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिनेगरी उच्च अदालतबाट भएको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ ।

उच्च अदालतका न्यायाधीशद्वय सुदर्शन भट्ट र अन्जु उप्रेती ढकालको इजलासबाट भएको फैसलामा अभियोग दाबी पुग्न नसक्ने भन्दै लामिछानेलाई सफाइ दिइएको थियो ।

सन्दीपले गरेको इन्कारी बयान, गौशला २६ ले पठाएको म्यासेज, उनको शारीरिक परीक्षण प्रतिवेदन, शारीरिक अवस्था, घटनास्थलल मुचुल्का, घटना विवरण काजग गर्ने काठमाडौं होटल इन का सेक्युरेटीगार्ड राजन राणाले गरेको वकपत्र, मिसिल संलग्न परिस्थितिजन्य प्रमाणहरु समेतबाट अभियोग दाबी पुष्टि हुन नसकेको फैसलामा उल्लेख छ ।

लामिछानेलाई जिल्ला अदालत काठमाडौंले ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र २ लाख क्षतिपूर्ति भराउन आदेश दिएको थियो ।

पुर्ण पाठ हेर्नुस् :

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय