रेल-मार्ग सर्भे गर्न चितवन पुगेको टोलीको गाडी स्थानीयले जलाए

चितवन । पुर्व-पश्चिम रेल-मार्ग निर्माणका लागि सर्भे गर्न चितवन पुगेको रेलमार्गको सर्भे टोलीको गाडीमा स्‍थानीयले आगजनी गरेका छन्।

बुधबार दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर-७ कृष्णपुरमा  पुगेको सो टोलि चढेको गाडीमा आगजनी गरिएको हो। आरएच कन्सल्टेन्सीको गाडीलाई स्‍थानीयले नियन्त्रणमा लिएर आगो लगाएको प्रत्येक्षदर्शीको भनाइ छ।

गाडी नियन्त्रणमा लिएर स्थानीयले गाडीमा आगजनी गरेको चितवन प्रहरीले पनि पुष्टि गरेको छ। गाडीमा लागेको आगो निभाउन दमकल बोलाइएको थियो। अहिले आगो नियन्त्रणमा आइसकेको छ। आगो लगाइएको गाडी जलेर ध्वस्त भएको छ।

पूर्वपश्चिम रेल मार्ग निर्माण गर्नका लागि हेटौंडाबाट बर्दघाटसम्म कन्सल्टेन्सीले अध्ययन गरिरहेको थियो।वडा नम्बर ८-गौरीगन्जमा मंगलबार नै सर्भे गरिएको थियो। त्यहाँ सकेर वडा नम्बर-७ कृष्णपुरमा बुधबार बिहान पुग्दा स्थानीयले उनीहरूलाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएर दिउँसो उनीहरू चढेको गाडीलाई जलाएको हो।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय