पशुपतिमा कोटीहोम महायज्ञ सुरु (तस्वीरहरु)
काठमाडौं, १ साउन । काठमाडौंको पशुपतिनाथ मन्दिरमा एक महिनासम्म चल्ने नेपाल माहात्म्य तथा १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ २०८१ आजदेखि सुरु भएको छ ।
मानव सेवा फाउण्डेसन, नेपाललगायतका संस्थाद्वारा आयोजना गरिएको कोटीहोम महात्म्य तथा महायज्ञ साउन ३२ गतेसम्म चल्ने छ ।
कोटीहोम महायज्ञमा सु–प्रसिद्ध कथा वाचिका राधिका दासी, अन्तर्राष्ट्रीय कथा प्रवक्ता देवी प्रतिभा, पण्डित श्री दीनवन्धु पोखरेल, श्रीमद् देवी भागवत वाचिका डा.कान्ता भट्टराई र देवी चन्द्रकला सखीबाट कथा वाचन हुने बताइएको छ ।
हेर्नुस् तस्वीरहरु: