सिके राउत,रेशम चौधरी र उपेन्द्र यादवले पाए धोका !

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जान खुट्टा उचालेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले यसपटक धोका पाए।
सत्ता भन्ने बित्तिकै उफ्रिहाल्ने उपेन्द्रले नै सबैभन्दा पहिले कांग्रेस-एमाले सत्ता सहकार्यको स्वागत गरेका थिए। त्यस लगत्तै जनमत पार्टीका अध्यक्ष सिके राउत र नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेर सरकारलाई साथ दिने भनेका थिए। तर,पुर्ण मन्त्री परिषदमा यी तीन वटै पार्टी छुटेका छन् । यी तीन दल अब तत्काल सत्तामा जान संभव पनि छैन।
असार २८ को प्रचण्ड सरकारले बिश्वासको मत लिने बेलामा पनि यी तीन पार्टीले बिपक्षीमा मतदान गरेका थिए। उपेन्द्र यादव सत्तामा जान अनेक हथकण्डा अपनाउने मधेसी नेता हुन् । तर,यसपटक एमाले अध्यक्ष ओलीसँग उनको सम्बन्ध चिसो भएकोले शेरबहादुर देउवा तर्फ ढल्केका थिए । त्यहाँबाट पनि धोका पाएपछि उनी जिल्लिएको बुझिन्छ।

ओली नेतृत्वको क्याबिनेट नियुक्त भएका २२ मध्ये नेपाली कांग्रेसबाट १०, नेकपा एमालेबाट प्रधानमन्त्रीसहित ९, जनता समाजवादी पार्टीबाट २ र लोकतान्त्रिक समाजवादी पार्टीबाट १ जना मन्त्री बनेका छन्।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय