त्रिशुलीमा हराइरहेका बस र यात्रु खोज्न अत्याधुनिक प्रबिधि

अत्याधुनिक डिभाइस प्रयोग गरेर बस तथा यात्रुको खोजी गर्दै सशस्त्र प्रहरीको टोली। तस्वीर :सशस्त्र प्रहरी

 

काठमाण्डाै। चार दिनदेखी त्रिशूली नदीमा हराइरहेका दुई वटा बस र यात्रुको खोजीका लागि उच्च प्रविधिको सोनार डिभाइस प्रयोग गरिएको छ ।

मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत सिमलतालमा असार २८ गते शुक्रवार बिहान पहिरोसँगै खसेका २ वटा यात्रुबस र त्यसमा रहेका झन्डै ५ दर्जन यात्रुको खोजीका लागि आज बिहानदेखि दुई सय मिटर गहिराइसम्म हेर्न मिल्ने डिभाइस प्रयोग गरिएको हो।

सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार यो डिभाइस प्रयोग पछि खोजीमा सहज हुने र बस तथा यात्रुको अवस्था छिटो पत्ता लाग्नेेेछ। नेपालमा भएकामध्ये उच्चस्तरको मानिने सोनार प्रविधि पानीमुनि साउन्ड वेभ पठाई त्यहाँ रहेका वस्तुहरूलाई स्क्यान गरेर आकृतिको रूपमा देखाउने प्रविधि हो ।

धमिलो पानीमा पनि काम गर्नसक्ने प्रभावकारी मानिएको यो प्रविधिबाट पानीमा फालिएको साउन्ड वेभ तलसम्म रहेका वस्तुसम्म पुगेर स्क्यान गरी आकृतिको रूपमा फिर्ता हुने प्रकारको रहेको छ । मोटर बोटमा जडान गरी लामो दुरीको क्षेत्रफलमा पानीमुनि रहेका सम्पूर्ण वस्तुहरूको आकृति कम्प्युटरमा हेर्न सकिन्छ । यो प्रविधिबाट सफलता मिल्ने विश्वाससमेत सशस्त्र प्रहरी बल नेपाल मुख्यालयले गरेको छ ।

यसैबीच बससँगै हराएकामध्ये थप दुई जनाको शव भेटिएको छ । दुई वटा बसमा गरी ६२ जना हराएकामा पछिल्ला दुईसहित सात जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय