गैँडाकोटमा थप दुई शव फेला, बेपत्ता बसकै यात्रुकै रहेको आशंका

चितवन, २९ असार । नवलपुरको गैंडाकोट थुम्सीनजिकै दुईवटा शव फेला परेको छ । थुम्सीको नजिकै पर्ने गैह्री भन्‍ने स्थानमा नदी किनारमा दुई वटा शव भेटिएको हो ।

स्थानीयले खबर गरेपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । शवको पहिचान भने हुन सकेको छैन ।  सिमलतालमा बेपत्ता भएको बसका यात्रु नै हुन सक्ने अनुमान गरिएको छ ।

यसअघि आज विहानमात्रै भरतपुर महानगरपालिका २८ गोलाघाटमा बेपत्ता बसका एक यात्रुको शव भेटिएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय