छ्योरोल्पा पदमार्गमा बाढी,एक जना बेपत्ता ३ होटलमा क्षति

दोलखा। दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर- ९ स्थित छ्योतछ्योत सिमीगाउँ रोल्वालिङ छ्योरोल्पा पदमार्गमा अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी तीनवटा होटेल बगाएको छ ।

होटेल व्यवसाय गरिरहेको तीनवटा होटल पूर्ण क्षति हुनको साथै एकजना होटल व्यवसायी जाङमु शेर्पा सम्पर्कविहीन भएको वडा अध्यक्ष निमगेली शेर्पाले जानकारी दिए। सो क्षेत्रमा ठूलो पानी परिरहेको कारण उद्दारमा समस्या छ।

हराइरहेका व्यक्तिको अहिले स्थानीय सरकारलगायत सुरक्षाकर्मीहरूले खोजी कार्य गरिरहेको बुझिएको छ। पदमार्गमा जाने कोहि पर्यटक पनि बाढीमा नपरेको र अन्य मानवीय क्षतिको विवरण थाहा नभएको अध्यक्ष शेर्पाको भनाइ छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय