आइतबारसम्म देशका धेरै ठाउँमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं, २२ असार । मनसुनी वायुको प्रभावले हाल देशभर वर्षा भइरहेको छ । पछिल्ला दिनहरुमा मनसुन सक्रिय रहँदै आएकामा शुक्रबार साँझदेखि मनसुन थप सक्रिय भई देशका धेरै स्थानमा रातभर मध्यमदेखि भारी वर्षा भएको छ ।

काठमाडौं उपत्यकासहित अन्य पहाडी भूभागमा र तराइका भूभागमा पनि रातिदेखि निरन्तर पानी परिरहेको छ । यो क्रम आइतबारसम्म जारी रहने मौसमविद् उज्जवल उपाध्याय बताउँछन् ।

‘हिजो शुक्रबारदेखि मनसुन अझै सक्रिय देखिएको छ, त्यसकै कारण देशभर मध्यमदेखि भारी वर्षा भइरहेको छ’, उपाध्यायले भने, ‘आइतबार विहानसम्म काठमाडौं लगायत पहाडी भूभागमा भारी वर्षा कायमै रहन सक्छ । बाढी र पहिरोको जोखिम भएको क्षेत्रमा विशेष सतर्कता अपनाउनुपर्छ’ ।

उनका अनुसार आइतबारदेखि वर्षा केही कम भएतापनि मौसम खुल्न भने समय लाग्‍ने छ । मनसुनको समय भएकाले हल्कादेखि मध्यम वर्षाको सम्भावना भने जतिबेला पनि रहन सक्छ । आउँदो हप्ता पनि पानी परिरहने देखिन्छ ।

मौसम पुर्वानुमान महाशाखाले पनि विभिन्‍न प्रदेशका केही स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय