सांसद प्रेम आलेले एकीकृत समाजवादी छाडे कि निकालिए ?

को-को परे केन्द्रिय कमिटीमा ?

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का प्रभावशाली नेता मानिएका सांसद प्रेम आले कहाँ छन् ? यो प्रश्न एकीकृत समाजवादीको महाधिवेशन स्थलमा पनि गरियो।

महाधिवेशन बहिस्कार गरेका हुन् वा उनी अन्यत्र व्यस्त भएका हुन् भन्ने थाहा नभएपनी पार्टी महाधिवेशन स्थलमा नदेखिएका आले नयाँ केन्द्रिय कमिटी घोषणा हुँदा समेत कतै भेटिएनन् ।शुक्रबार सम्पन्न महाधिवेशनले ९३ सदस्यीय केन्द्रीय कमिटी चयन गर्दा आलेको नाम परेन। त्यसैगरी अर्का सांसद किसान श्रेष्ठको नाम पनि छैन। यद्यपि किसान महाधिवेशनमा सहभागी थिए।

अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले साविकको पोलिट्ब्युरोका सदस्य र प्रदेश अध्यक्षहरुसहितको ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेका थिए ।

एकीकृत समाजवादीको १०औं महाधिवेशन अगाडी केन्द्रीय सदस्य रहेका आले र श्रेष्ठ महाधिवेशनबाट हटाइएका छन् । उनीहरु हटाइएका हुन् वा छाडेका हुन् भन्ने यकिन छैन। तर,आलेले अब राजनीति नगर्ने भन्दै हिडेको बुझिएको छ।

नेकपा एमाले फुटाएर समाजवादी घोषणा गर्दा आलेले मुख्य भुमिका खेलेका थिए। तर,उनले पार्टीको महाधिवेशन बहिस्कार गरेको र पार्टीको राजनीति प्रति कुनै चासो नभएको भन्दै अब स्वतन्त्र भएर काम गर्न चाहेको बताउँदै हिडेका छन् ।

यस्तो छ केन्द्रिय कमिटी:-

माधवकुमार नेपाल–अध्यक्ष

झलनाथ खनाल–सम्मानित नेता

घनश्याम भूसाल– महासचिव
केन्द्रीय कमिटी
डा.बेदुराम भुसाल

राजेन्द्रप्रसाद पाण्डे

प्रमेश हमाल

घनेन्द्र बस्नेत

केशवलाल श्रेष्ठ

धर्मनाथप्रसाद साह

जयन्ती राई

प्रकाश ज्वाला

डा.गंगालाल तुलाधर

डा.विजयकुमार पौडेल

जगन्नाथ खतिवडा

रामचन्द्र भा

नागेन्द्र चौधरी

गरिमा शाह

राजेन्द्र राई

रामकुमारी झाँक्री

जीवनराम श्रेष्ठ

हरि पराजुली

आलोक रायमाझी

उर्वादत्त पन्त

कल्याणी खड्का

तुलबहादुर गुरुङ

देव सिंह महता

बलराम बास्कोटा
भविसोर पराजुली
भानुभक्त जोशी

रत्नेश्वर गोइत

रामचन्द्र यादव

लक्ष्मण पौडेल
ललितकुमार बस्नेत

विरोध खतिवडा

विश्वनाथ प्याकुरेल
डा.वंशीधर मिश्र
श्रीप्रसाद साह
शत्रुधन महतो
साध्यबहादुर भण्डारी
साबित्रा भुसाल
उमेशकुमार डाँगी
डा.कृष्ण पन्त
कृष्णप्रसाद खनाल
गंगाप्रसाद नेपाल
गणेश काम्बाङ्ग
गणेश विश्वकर्मा
गुरुप्रसाद बुर्लाकोटी

गोपालप्रसाद बराल
घनप्रसाद गौतम

चन्द्रबहादुर शाही
चिरन्जीवीप्रसाद आचार्य
टहलबहादुर खड्का
दिनेशकुमार राई
दिलकुमारी पन्त
डा.देउमान सम्बाहाम्फे
देवशंकर पौडेल
धर्मराज निरौला
निरादेवी जैरु
निर्मल प्रकाश सुवेदी
परमानन्द भट्ट
प्रभा बज्राचार्य
प्रमोद शर्मा
प्रेमलकुमार खनाल
बलदेव चौधरी
बसन्तप्रसाद मानन्धर
भवानी खापुङ
भाष्कर काफ्ले
महेश रेग्मी
मेटमणि चौधरी
मो.महफुज अन्सारी
रजिउदिन आलम
रविन्द्र बैठा धोवी
राजन राई
राजेन्द्र लोहनी
डा.राजेन्द्रमान श्रेष्ठ
रामकुमार भट्टराई

रामकुमार ज्ञवाली
राममणि पोखेल
विजय गुरुङ
रामचन्द्र साह तेली
श्रीनाथ बराल
शिवप्रसाद भण्डारी
शेरबहादुर केसी
सरलाकुमारी यादव
सुधिरप्रसाद साह
सोमप्रसाद पाण्डे
हनुमान चौधरी
होम बुढाथोकी
हंशबहादुर शाही
अमरबहादुर थापा
केदार सञ्जेल
बिरबलकाजी राई
हर्कबहादुर सिंह

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय