गिरिजाप्रसाद कोइराला : क्रान्तिदेखि शान्तिसम्म (हेर्नुस् फोटो प्रदर्शनी)

काठमाडौं ।पुर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीको सन्दर्भमा नेपाली कांग्रेसले पार्टी मुख्यालयमा फोटो प्रदर्शनी गरेको छ।
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालालाई गणतन्त्रको नायक र लोकतान्त्रिक आन्दोलनको अगुवा मानिन्छ । युद्धमा रहेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर संविधानसभा निर्वाचन गराउने मुख्य श्रेय कोइरालालाई नै जान्छ।

वि.सं. १९८१ असार १८ गते पिता कृष्णप्रसाद कोइराला र माता दिव्या कोइरालाको गर्भबाट हालको कोशी प्रदेश अन्तर्गत मोरङको बिराटनगरमा उनको जन्म भएको थियो। वि.सं.२००४ मा विराटनगर जुटमिलमा भएको मजदुर आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका कोइराला २०५३ वैशाख २९ गतेदेखि नेपाली कांग्रेसको सभापति निर्वाचित भएका थिए। उनी कांग्रेसको पाँचौँ सभापति बनेका थिए।

कोइराला २०६६ चैत ७ गतेसम्म कांग्रेसको सभापति रहे। वि.सं. २०४८, २०५५ र २०५६ मा गरी उनी २०६२/२०६३ को आन्दोलनअघि तीनपटक प्रधानमन्त्री बने।

कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गरेको प्रदर्शनीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,पुर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली,पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई लगायत नेताहरू पुगेका थिए।

हेर्नुस् तस्वीर :

फोटो प्रदर्शनी अवलोकन गर्दै एमाले अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओली।
तस्वीर प्रदर्शनी अवलोकन गर्दै पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई
फोटो प्रदर्शनीमा आफ्ना बिचार राख्दै डा.बाबुराम भट्टराई
फोटो प्रदर्शनी अवलोकन गर्दै सभापति शेरबहादुर देउवा
प्रधानमन्त्री प्रचण्ड अवलोकन गर्दै
प्रतिनिधि सभा सदस्य प्रतिमा गौतम,कांग्रेस बागमती प्रदेश सदस्य नानु दाहाल लगायत ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय