काठमाडौं उपत्यकामा भारी वर्षा

काठमाडौं, १५ असार । काठमाडौं उपत्यकामा यतिबेला भारी वर्षा सुरु भएको छ। शनिबार राति करिब साढे ९ बजेदेखि अधिकांश स्थानमा वर्षा सुरु भएको हो ।

मौसम पुर्वानुमान महाशाखाका अनुसार आज राति काठमाडौं लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

भोलि आइतबार पनि देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ भने दिउँसो कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूका साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा अनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय