बागलुङमा बजेट : ‘केरा खान सेरा जाऔं’ लाई १२ लाख !

काठमाडौं । असार १० मा देशका ७५३ पालिका मध्य धेरैजसोले बजेट ल्याए। बजेटमा कुनै न कुनै नयाँ कार्यक्रम समेट्ने चाहना अनुरुप केही पालिकाले भने अनौठो कार्यक्रम पनि राखेको देखियो।

बागलुङको जैमिनी नगरपालिकाले स्थानीय बजेटमै ‘सेरा जाउँ, केरा खाऔं’ अभियान चलाउने भन्दै नीति तथा कार्यक्रममा समावेश गर्दै बजेट मार्फत सम्बोधन समेत गरेको छ। जिल्लाको जैमिनी नगरपालिकाको वडा नम्बर-१ अन्तर्गत कुश्मीसेरामा सबैभन्दा धेरै केरा खेती हुने गरेको छ।

सेराका किसानले केरा खेतीबाट बर्षमा १० लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । समुन्द्री सतहबाट जम्मा ६ सय मिटरमा रहेकोले जैमिनीघाट र कुश्मीसेरा केरा खेतीका लागि राम्रो मानिन्छ । त्यसैले वडा नम्बर-१ मा मात्रै एक हजारभन्दा बढी किसानले व्यावसायिक केरा खेती गर्दै आएका छन् । नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि १२ लाख बजेट विनियोजन गरेर केरा उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्ने भनेको छ।

खासगरी यो क्षेत्रमा ‘रामरेखा लोकल’, ‘झापाली मालुवा’ र ‘जी ९’ जातका केरा लगाइएको छ।नगरपालिकाले ‘केरा खान सेरा जाऔं’ भन्ने अभियान ल्याएकोमा किसानहरूले खुशी ब्यक्त गरेका छन् ।

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय