पूर्वगृहमन्त्री बादलका छोरा काठमाडौंबाट पक्राउ

काठमाडौं, १४ असार । नेकपा (एमाले) का उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका उनलाई प्रहरीले शुक्रबार साँझ काठमाडौंको बौद्धबाट पक्राउ गरेको हो । उनलाई अहिले जिल्ला प्रहरी परिसर टेकु लगिएको छ।

नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा उनलाई फरारकै सूचीमा राखेर अभियोगपत्र दर्ता गरिएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय