सिन्धुपाल्चोकको हेलम्बु केन्द्र भएर मध्यराति भुकम्प

काठमाडौं, १४ असार । सिन्धुपाल्चोकको हेलम्बु केन्द्र भएर मध्यराति भूकम्प गएको छ ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका आसपास केन्द्रविन्दु भएर गएराति १ बजेर २८ मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
गएराति वर्षा समेत भइरहेका बेला अचानक भूकम्पको धक्का महसुस गरेपछि स्थानीयहरु केहीबेर त्रसित भएका थिए । भूकम्पले कुनै क्षति पुगेको विवरण भने आएको छैन ।
हेलम्बुमा तीन वर्षअगाडि बाढी आएर पनि जनधनको ठुलो क्षति गरेको थियो ।

