लमजुङको क्वालासोथरमा पहिरोले तीन घर बगायो, चारजना बेपत्ता

लमजुङ, १२ असार । अविरल वर्षापछि आएको पहिरोले घर बगाउँदा लमजुङको क्वालासोथरमा ४ जना बेपत्ता भएका छन् ।
लमजुङको क्वालासोथर गाउँपालिका-३ मा मंगलबार राति गएको पहिरोले तीनवटा घर बगाउँदा चार जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
पहिरोले घर बगाएको खबर आएलगत्तै सुरक्षाकर्मीको टोली विहानैदेखि घटनास्थलमा खटिएका छन् ।
अहिले पनि निरन्तर वर्षा भइरहेकोले थप क्षति हुन सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

