फणीन्द्रको पक्षमा सर्बोच्चको आदेश (हेर्नुस आन्तरिम आदेश)
काठमाडौं ।गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटालाई प्रदेश सांसदका रुपमा काम गर्न दिन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।
आइतबार हेर्दाहेर्दैमा रहेको मुद्दामा सोमबार न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले यो आदेश जारी गरेको हो। आदेश संगै फणीन्द्रको सांसद पद र गण्डकी प्रदेश सरकार जोगिएको छ।
नेपाल समाजवादी पार्टीका नेता तथा सांसद देवकोटालाई माओवादी प्रदेश संसदिय दलले कारबाही गरेको थियो। उनले प्रदेश मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई बिश्वासको मत दिएका थिए। माओवादी चुनाव चिन्हबाट चुनाव लडेका नेसपा नेता देवकोटालाई माओवादीले आफ्नो पार्टीको ह्विप लाग्ने भनेको थियो।
यो आदेशले प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हार ब्यहोर्नुपरेको भनेर सामाजिक संजालमा आलोचना गरिएको छ। नेसपा अध्यक्ष डा.बाबुराम भट्टराईलाई भने यो आदेशले न्याय दिएको भनेका छन् ।
हेर्नुहोस आदेश:


