दिल्लीका मुख्यमन्त्री केजरीवाल जेलमै !

काठमाडौं ।रक्सी बिक्रीसम्बन्धी नीतिमा घोटाला गरेको मुद्दामा जेल परेका भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई धरौटीमा छाड्ने दिल्लीको राउज एभेन्यु अदालतको आदेशमा दिल्ली उच्च अदालतले रोक लगाएको छ ।

मुख्यमन्त्री केजरीवाललाई धरौटीमा छाड्ने अदालतको आदेशविरुद्ध प्रवर्तन निर्देशनालय (ईडी) ले दायर गरेको रिटमा आफ्नो आदेश नआएसम्मका लागि उच्च अदालतले केजरीवालको धरौटीमा रोक लगाएको बीबीसीले जनाएको छ ।

अदालतले केजरीवालको धरौटी निवेदनमा आफ्नो फैसला सुरक्षित राखेको खबरमा उल्लेख छ । दिल्लीको राउज एभेन्यु अदालतले केजरीवाललाई आजै धरौटीमा छाड्न आदेश दिएको थियो ।

रक्सी बिक्रीसम्बन्धी नीतिमा घोटाला गरेको मुद्दामा ईडीले दिल्लीका मुख्यमन्त्री केजरीवाललाई गएको मार्चमा पक्राउ गरेको थियो । यसअघि सर्वाेच्च अदालतले लोकसभा चुनावका क्रममा केजरीवाललाई २१ दिनको अन्तरिम जमानत दिएको थियो । चुनाव सकिएलगतै उनी जुन २ तारिखमा फेरि जेलमा हाजिर भएका थिए । भारतको लोकसभा निर्वाचनमा छुटेका केजरीवाल हाल तिहाड जेलमा छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय