मध्यपहाडी लोकमार्गको खुर्कोट-घुर्मी सडक पहिरोले अवरुद्ध


सिन्धुली। मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको खुर्कोट–घुर्मी सडक खण्ड आज बिहानदेखि अवरुद्ध भएको छ। पहिरोका कारण गोलञ्जोर गाउँपालिका–६ हैबारबेँसी नजिकको अक्करेभीर, गोलञ्जोर–१ कुडुले, फिक्कल गाउँपालिका–२ सुम्नामबेँसीलगायत क्षेत्रमा सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेकाअनुसार खुर्कोटबाट पूर्वतर्फको सडक खण्ड अवरुद्ध हुँदा गाडी तथा यात्री अलपत्र परेका छन् । त्यस्तै गोलञ्जोर–१ कुडुलेमा प्र २–०३–००१ ख ७१४४ नम्बरको टेलर पहिरोले पुरिएको छ ।

सडक अवरुद्ध भएको ठाउँमा स्थानीय सरकारका प्रतिनिधि र सुरक्षाकर्मी पुगेका छन् । अवरुद्ध सडक खुलाउने प्रयास भैरहेको प्रहरीले जनाएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय