बालकुमारीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं, ४ असार । ललितपुरको बालकुमारीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । सोमबार साँझ कोटेश्वरबाट ललितपुरको ग्वार्कोतर्फ जाँदै गरेको प्रदेश ०२–३–००१० ख ५३५७ नम्बरको ट्रकले सोही दिशातिर गुडिरहेको बा ८३ प ८१७८ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका सिन्धुली घर भई भक्तपुरको बालकोट बस्ने ३५ वर्षीय रमेशकुमार पाण्डेलाई स्थानीय र प्रहरीले तत्काल ट्याक्सीमा हालेर अस्पताल पुर्याएका थिए । उपचारका क्रममा उनको ज्यान गएको हो ।
ट्रक र चालक प्रहरीको नियन्त्रणमा छन् भने यसबारेमा थप अनुसन्धान हुँदै छ ।

