चितवनको फिस्लिङमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध
चितवन, ३ असार । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना-३ फिस्लिङ नजिकै पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।
आइतबार राति २ बजेतिर वर्षासँगै आएको पहिरोले पृथ्वी राजमार्गको मुग्लिङ-नौबिसे सडक खण्ड अवरुद्ध भएको हो ।
इलाका प्रहरी कार्यालय मुग्लिङका अनुसार चितवनको इच्छाकामना-३ फिस्लिङ र मोवाखोलाको बीचमा पहिरो खसेको छ ।
पहिरो गएलगत्तै रातिदेखि नै लेदो पन्छाउने काम सुरु भए पनि सडक खुलेको छैन । सडक सञ्चालन गर्न अझै केही समय लाग्ने प्रहरीले जनाएको छ ।