मनकामना केबुलकार दसैं अगाडिसम्म बन्द हुने

काठमाडौं, २ असार । नेपालको पहिलो केबुलकार चितवनको कुरिनटारदेखी गोरखाको मनकामना मन्दिर सम्मको केबुलकार सेवा आगामी दसैं अगाडीसम्म बन्द हुने भएको छ।

मर्मत संभार र स्तरोन्नतीका लागि केबुलकार ५० बन्द गर्न लागिएको मनकामना केबुलकार प्रालिले जनाएको छ। यहीँबाट प्रसिद्ध गोरखाको मनकामना मन्दिर आउजाउ गरिन्छ।अब मनकामना जान चाहनेले गाडीको बाटो वा पैदलमार्ग अपनाउनुपर्ने हुन्छ।

मनकामना केबुलकार संचालक समितिले नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले यही असार ३१ गतेदेखि आगामी असोज १० गतेसम्म केबुलकार बन्द गर्न लागिएको जनाएको छ। झण्डै दुई महिना सेवा बन्द गरेर केबुलकारको डिजिटल प्रणाली स्तरोन्नति र मुख्य केबुल तार (लट्ठा)समेत फेर्ने तयारी भएको प्रालिको भनाइ छ।

मनकामना केबुलकार प्रालिले एक महिनाअगाडि नै सूचना निकालेर यात्रुलाई सेवा बन्द हुने विषयमा जानकारी गराएको छ।नेपालमा पहिलोपटक २०५५ सालदेखि गोरखाको मनकामनामा मन्दिरमा केबुलकार सञ्चालन गरिएको थियो।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय