अफगानिस्तान टी-२० विश्‍वकपको सुपर ८ मा, न्युजिल्यान्ड बाहिरियो

काठमाडौं, ३२ जेठ । अफगानिस्तान आइसिसी टी-२० विश्‍वकप क्रिकेटको सुपर ८ मा प्रवेश गरेको छ । शुक्रबार विहान भएको खेलमा पपुवा न्युगिनी (पिएनजी)लाई ८ विकेटले हराउँदै अघिल्लो चरणको यात्रा पक्का गरेको हो ।

पिएनजीले दिएको ९६ रनको लक्ष्य अफगानिस्तानले १५.१ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो । अफगानिस्तानका गुल्बादिन नाइब ४९ तथा मोहम्मद नाबी १६ रनमा अविजित रहे । पिएनजीका एलेइ नाओ, सेमो कामिया र नर्मन भानुआले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पिएनजीले १९.५ ओभरमा सबै विकेट गुमाएर ९५ रन बनाएको थियो । किप्लिन डोरिगाले २७ तथा एलेइ नाओले १३ रन बनाए । अफगानिस्तानका फजलहब फारुकीले ३ विकेट लिँदा नवीन उल हकले २ तथा नूर अहमदले १ विकेट लिए ।

यस जीतसँगै ३ खेलमा ३ अंक जोडेको अफगानिस्तान वेस्ट इन्डिजसँगै सुपर ८ मा प्रवेश गरेको छ । यस नतिजाले २ खेलमा २ हार व्यहोरेको न्युजिल्यान्ड भने बाहिरिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय