नेपाल र श्रीलंकाबीचको खेल रद्द, दुवैले अंक बाँडे

काठमाडौं, ३० जेठ । आइसिसी टी-२० विश्‍वकप क्रिकेट अन्तर्गत बुधबार विहान हुने तय भएको नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ । योसँगै दुवै टोलीले एक-एक अंक बाँडेका छन् ।

अमेरिकाको फ्लोरिडामा लगातार रुपमा वर्षा भइरहेको थियो । त्यहाँको समयअनुसार विहानैदेखि फ्लोरिडामा निरन्तर वर्षा भइरहेको थियो भने मौसम पूर्वानुमान अनुसार पनि वर्षा बाधक बन्‍न सक्‍ने पहिल्यै आकलन गरिएको थियो ।

यद्यपि खेल हुने समयमा पानी रोकिएपछि केहीबेरमा निरिक्षण गर्ने तय भएकोमा निरिक्षणकै समयमा फेरि पानी पर्न थालेपछि टस समेत नभइ खेल रद्द गरिएको हो । यस नतिजाले श्रीलंका भने लगभग प्रतियोगिताबाट बाहिरिने पक्का भएको छ ।

समूह डीमा दक्षिण अफ्रिकाको ३ खेलमा ६ अंक छ । बङ्गलादेश र नेदरल्यान्ड्स दुवैको २ खेलबाट २ अंक छ । नेपालको २ खेलमा १ अंक छ भने श्रीलंकाको ३ खेलमा १ अंक छ ।

नेपालले अब वेस्ट इन्डिजमा दक्षिण अफ्रिका र बङ्गलादेशसँग खेल्न बाँकी छ । दुवै खेल जित्‍नुपर्ने दबाबमा नेपाल हुनेछ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय