सरदरभन्दा छिटो गरी मनसुन नेपाल भित्रियो, केही दिनमा देशभर सक्रिय हुने

काठमाडौं, २८ जेठ । नेपालमा वर्खायाममा पानी पार्ने प्रणाली अर्थात् मनसुन नेपाल आइपुगेको छ । मौसम पुर्वानुमान महाशाखाले सोमबार मनसुन आगमन बुलेटिन जारी गर्दै सरदरभन्दा ३ दिन छिटो गरी मनसुन नेपाल भित्रिएको जनाएको छ ।

महाशाखाका अनुसार नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मिति भन्दा ३ दिन छिटो गरि नेपालमा प्रवेश गरेको जनाउँदै महाशाखाले नेपालको अन्य भू- भागहरूमा भने केही दिनमा क्रमिक रुपमा मनसुन अगाडी बढ्ने देखिएको जनाएको छ ।

मनसुन देशभर सक्रिय हुन ५ देखि ७ दिन लाग्छ । अब देशभर पानी पर्न सुरु हुनेछ । हाल मनसुन कोशी प्रदेशको केही जिल्लामा सक्रिय भएको देखिएको छ । सोही कारण केही स्थानमा वर्षा भइरहेको छ ।

यस वर्षको मनसुनमा सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण गरिएको छ भने तापक्रम पनि बढ्ने अनुमान गरिएको छ । पछिल्ला दिनहरुमा देशभर तापक्रम बढ्नाले जनजीवन प्रभावित बनेको छ ।

अब मनसुनी वर्षाले धेरै राहत मिल्ने मौसमविदको भनाइ छ । विपदको जोखिम पनि उतिकै रहेकाले आवश्यक तयारी गरी सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय