टी-२० विश्‍वकपमा अस्ट्रेलियाको दोस्रो जीत, इंग्ल्यान्ड पराजित

काठमाडौं, २७ जेठ । अमेरिका र वेस्टइन्डिजमा जारी आइसिसी टी-२० क्रिकेट विश्वकपमा अस्ट्रेलियाले लगातार दोस्रो जीत हासिल गरेको छ । शनिबार राति भएको खेलमा इंग्ल्यान्डलाई ३६ रनले हराउँदै अस्ट्रेलियाले सुपर ८ मा स्थान पक्का गर्ने लगभग निश्‍चित भएको छ ।

अस्ट्रेलियाले दिएको २०२ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले पूरा २० ओभरमा ६ विकेटको क्षतिमा १६५ रन मात्र बनाउन सक्यो । कप्तान जस बट्लरले ४२ र फिल साल्टले ३७ रन बनाए । मोइन अलीले २५ रन बनाउँदा ह्‍यारी ब्रुक २० रनमा अविजित रहे ।

अस्ट्रेलियाका लागि प्याट कमिन्सले ४ ओभरमा २३ रन दिएर २ विकेट लिए । त्यस्तै एडम जाम्पाले ४ ओभरमा २८ रन दिएर २ विकेट लिए । जोश हेजलवूड र मार्कस स्टोइनिसले एक-एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २०१ रन बनाए । डेभिड वार्नरले ३९, मिचेल मार्शले ३५, ट्राभिस हेडले ३४, मार्कस स्टोइनिसले ३० तथा ग्लेन म्याक्सवेलले २८ रन बनाए ।

जारी विश्‍वकपमा २०० रनभन्दा माथि पहिलोपटक बनेको हो । इंग्ल्यान्डका क्रिस जोर्डनले ४ ओभरमा ४४ रन दिएर २ विकेट लिए । मोइन अली, जोफ्रा आर्चर, आदिल राशिद र लियाम लिभिङ्सटनले एक-एक विकेट लिए ।

यस जीतसँगै अस्ट्रेलियाले २ खेलमा ४ अंक जोडेको छ र समूह बी मा शीर्षस्थानमा छ । दोस्रो स्थानमा स्कटल्यान्डको २ खेलबाट ३ अंक छ । तेस्रो स्थानमा नामिबियाको २ खेलमा २ अंक छ । इंग्ल्यान्डको २ खेलबाट १ अंक छ । ओमान जितविहीन रहँदै पुछारमा छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • ‘बोक्सीको घर’मा कलझगडा !

    काठमाडौं ।कलाकार केकी अधिकारीले निर्माण गरेको चलचित्र ‘बोक्सीको घर’ले बम्बर ब्यापारको साथमा ५१ दिन मनाएसँगै निर्देशक र...