मोदीको शपथमा प्रधानमन्त्री आज भारत जाँदै
काठमाडौ। भारतका नव नियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत जादै छन् ।
नेपाल एयरलाइन्सको जहाज मार्फत दिउसो १:३० बजे प्रधानमन्त्री प्रचण्ड सहित ५ सदस्यीय टोलि भारत जाने छन् ।उनीहरु आजै साँझ हुने शपथग्रहणमा सहभागी हुने छन् ।जुन १ मा सम्पन्न भारतिय लोकसभा निर्वाचनको ४ जुनमा आएको नतिजा पछि मोदी तेस्रो कार्यकालको लागी भारतको प्रधानमन्त्री नियुक्त भएका हुन् ।
सन् २०१४ को निर्वाचन र २०१९ को निर्वाचनमा एक्लै बहुमत पाएको मोदी सम्मीलित भारतीय जनता पार्टी (भाजपा) ले यसपटक भने एकल बहुमत गुमायो। यद्यपि भाजपा सहितको एनडिए गठबन्धनले भने २९२ सिट जितेर पुनः मोदीलाई प्रधानमन्त्री चुनेको हो। ५४३ सदस्यीय भारतीय लोकसभामा सरकार गठनका लागि २७२ सिट आवस्यक पर्छ।
प्रधानमन्त्री प्रचण्ड भारत जाने कुराको मन्त्रिपरिषद्ले टुंगो लगाए सँगै उनी सहित भारत जाने टोलीको नाम तय भएको छ।टोलिमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्री प्रचण्डकी स्वकीय सचिव गंगा दाहाल र शिष्टाचार महापाल सहभागी हुनेछन् ।