अफगानिस्तानसँग न्युजिल्यान्डको लज्जास्पद हार
काठमाडौं, २६ जेठ । अमेरिका र वेस्टइन्डिजमा जारी आइसिसी टी२० क्रिकेट विश्वकपमा न्युजिल्यान्डले लज्जास्पद हार व्यहोरेको छ । अफगानिस्तानले दोस्रो शानदार जीत निकाल्ने क्रममा न्युजिल्यान्डलाई ८४ रनले हराएको हो ।
अफगानिस्तानले दिएको १६० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १५.२ ओभरमा ७५ रनमा अलआउट भयो । ग्लेन फिलिप्सले १८ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउनै सकेनन्। अफगानिस्तानका लागि कप्तान रासिद खान र फजलहक फारुकीले समान चार विकेट लिँदा मोहम्मद नाबीले दुई विकेट लिए।
त्यसअघि अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५९ रन बनाएको थियो । रहमनुल्लाह गुरबाजले सर्वाधिक ८० रन बनाए भने इब्राहिम जाद्रानले ४४ रन बनाए । यी दुईले पहिलो विकेटका लागि १०३ रनको साझेदारी गरेका थिए। न्युजिल्यान्डका ट्रेन्ट बोल्ट र म्याट हेनरीले समान २ विकेट लिए।
योसँगै समूह सीमा २ खेल जितेको अफगानिस्तान ४ अंकसहित शीर्ष स्थानमा छ । यसअघि अफगानिस्तानले युगान्डालाई १२५ रनले हराएको थियो।