फिफा विश्‍वकप छनौट: नेपाल र युएई खेल्दै

काठमाडौं, २४ जेठ । फिफा विश्वकप २०२६ को दोस्रो चरण छनौट अन्तर्गत नेपालले आज आफ्नो पाँचौं खेलमा युएईसँग खेल्दै छ । साउदी अरबस्थित प्रिन्स मोहम्मद विन फैद स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति पौने १० बजेदेखि सुरु हुनेछ।

यस खेल नेपालको घरेलु मैदानमा खेलिने तालिका भएपनि नेपालको दशरथ रङ्गशाला खेल खेलाउनका लागि एएफसीले अयोग्य ठहर गरेपछि नेपालले आफ्नो होम खेल साउदीमा खेल्नु परेको हो ।

नेपालले हालसम्म खेलेका चारवटै खेलमा हार व्यहोरेको छ । समूह ‘एच’ मा रहेको नेपालले नेपालले यूएईसँग ४-०, यमनसँग २-०, बहराइनसँग ५-० र ३-० गोलअन्तरले पराजित भएको थियो।

छनोट अन्तर्गत यमनविरुद्धको दोस्रो लेगको खेल पनि नेपालले जेठ २९ गते साउदीस्थित सोही मैदानमा खेल्नेछ।

नेपालको टोली:

गोलरक्षकः किरण कुमार लिम्बुु, अभिषेक बराल, विशाल सुनार।

डिफेन्डरः अभिषेक लिम्बु, अनन्त तामाङ, बिमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य आचार्य।

मिडफिल्डरः भरत खवास, लाकेन लिम्बु, मणि कुमार लामा, मनिष डाँगी, सुमित श्रेष्ठ, वसन्त जिम्बा, आशिष राई।

फरवार्डः जिलेस्पी जंग कार्की, हिसुब थपलिया, सन्जिव विष्ट, आयुष घलान, आशिष बाबु चौधरी।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय