७८ रनको लक्ष्य भेट्टाउन युगान्डालाई हम्मेहम्मे !

काठमाडौं, २४ जेठ । आइसिसी टी-२० क्रिकेट विश्‍वकप अन्तर्गत बिहिबार विहान भएको खेलमा युगान्डाले जीत निकाल्यो । टी२० विश्वकपकै आफ्नो पहिलो जीत हासिल गर्ने क्रममा उसले पपुवा न्यु गिनी पिएनजीलाई ३ विकेटले हरायो ।

पिएनजीले दिएको ७८ रनको लक्ष्य भेट्टाउन युगान्डालाई सहज भने भएन । युगान्डाले १९औं ओभरमा ७ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । रियाजत अली शाहले सर्वाधिक ३३ रन बनाए । जुमा मियागीले १३ रन बनाए । १५ रन वाइडबाट मात्रै आएको थियो ।

२६ रनमै ५ विकेट गुमाइसकेको पिएनजीका लागि रियाजत र मियागी मिलेर केही समय सम्हालेका थिए । १७ रन चाहिएको अवस्थामा मियाजी आउट भए भने ३ रन चाहिएको अवस्थामा रियाजत आउट भएसँगै केही रोमाञ्‍चकता थपिएको थियो । तर त्यसपछि एक रन वाइड तथा बाँकी दुई रन जोड्दै युगान्डाले जीत निकाल्यो ।

पिएनजीका एलइ नाओले ४ ओभरमा १६ रन दिएर २ विकेट लिए । नर्मन भानुआले ४ ओभरमा १८ रन दिएर २ विकेट लिए । कप्तान असाद भाला र चाड सोपरले एक-एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पिएनजी १९.१ ओभरमा ७७ रनमा अलआउट भएको थियो । हिरी हिरीले सर्वाधिक १५ रन बनाउँदा लेगा सियाका र किप्लिन डोरिगाले समान १२ रन बनाए । पिएनजीलाई कम योगफलमै रोक्न अल्पेश रामजानी, कसमस केयुटा, जुमा मियागी र सुबुगाले २-२ विकेट लिए । कप्तान ब्रायन मसाबाले १ विकेट लिए ।

जारी विश्‍वकपमा पिएनजीको यो दोस्रो हार हो । पहिलो खेलमा वेस्ट इन्डिजसँग ६ विकेटले पराजित भएको थियो । पिएनजीले अब न्युजिल्यान्ड र अफगानिस्तानसँग खेल्न बाँकी छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • उज्यालो बन्दै छ एबीसी पदमार्ग

    कास्की । विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा...