नेपाल नेदरल्यान्ड्ससँग पराजित

काठमाडौं, २३ जेठ । आइसिसी टी-२० क्रिकेट विश्‍वकप अन्तर्गत मङ्गलबार मध्यराति सम्पन्‍न पहिलो खेलमा नेपालले हार व्यहोरेको छ । नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्यान्ड्सले ९ बल बाँकी छँदा ४ विकेटको क्षतिमा भेट्टायो । नेदरल्यान्ड्सका लागि ओपनर म्याक्स ओ डाउडले अविजित अर्धशतकीय पारी खेले । उनले चार चौका र एक छक्कासहित ५४ रन बनाए ।

त्यस्तै विक्रमजित सिंहले २२ तथा साइब्रान्ड एङ्गलब्रेटले १४ रन बनाए । बास डे लिडे ११ रनमा अविजित रहे । नेपालका सोमपाल कामी, अविनाश बोहरा र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले १९.२ ओभरमा अलआउट हुँदै १०६ रन मात्र बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए । त्यस्तै करण केसीले रन बनाउँदा गुल्शन झाले १४ र अनिल शाहले ११ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेदरल्यान्ड्सका टिम प्रिङ्गल र लोगान भान बिकले ३-३ विकेट लिए भने पल भान मिकेरन र बास डे लिडेले २-२ विकेट लिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय