अक्षयको फिल्ममा सुनिल सेट्टी भिलेन !
के तपाईंलाई जानकारी छ ? बलिउड नायक अक्षय कुमार र अर्का अभिनेता सुनिल सेट्टी सबै भन्दा बढि मिल्ने साथी हुन् । उनीहरुको मित्रको साइनो मात्रै होइन बिजनेसको साइनो पनि छ। अर्थात् धेरैजसो बिजनेसमा उनीहरुको साझा लगानी छ।अक्षयले फिल्म क्षेत्रमा समय दिइरहेका बेला बिजनेसमा सुनिल सेट्टीले बढी समय दिने गरेका छन् ।
पछिल्लो समय यी दुई नायक एउटै चलचित्रमा देखिने पक्का भएको छ।अक्षय कुमार मल्टीस्टारर फिल्म ‘वेलकम टु द जङ्गल’मा यी दुई संगै देखिन लागेका हुन् ।यस वर्षको बहुप्रतिक्षित फिल्म मध्ये वेलकम टु द जंगल’ पनि एक हो । यो फिल्म हलमा कहिले आउँछ ? भन्ने सुनिल र अक्षयका फ्यानहरूको उत्सुकता छ।
निर्देशक अहमद खानले निर्देशन गरेको यो फिल्म ज्योति देशपाण्डे र फिरोज ए. नाडियाडवालाले निर्माण गरेका हुन् । मिडिया रिपोर्टका अनुसार यो फिल्म २०२४ डिसेम्बर २० मा रिलिज हुन सक्छ । यसमा अक्षय नायक र सुनिल शेट्टी डन बन्नेछन्। अर्थात सुनील शेट्टी ‘वेलकम टु द जङ्गल’ मा ‘डन’ को भूमिकामा देखिनेछन् । तर यो डन ‘डर लाग्दो’ नभएर ‘माया लाग्दो’ हुने पनि बताइएको छ ।
सुनील शेट्टीले कयौं कमेडी फिल्ममा काम गरिसकेका छन् । उनका फ्यानहरूले एक पटक फेरि उनलाई ‘प्यारे डन’को भूमिकामा हेर्न पाउनेछन् । यस फिल्ममा अक्षय कुमार र परेश रावलसँग फेरि काम गर्न पाउँदा उनी खुसी रहेको बताइएको छ । फिल्ममा सुनिलले डनको क्यारेक्टरमा कमेडीको टच थपेका छन् ।
यस अघि ‘हेराफेरी’ फ्रेन्चाइजीमा सुनिलले परेश रावल र अक्षय कुमारसँग काम गरेका थिए । यो कमेडी फिल्मलाई दर्शकले निकै मन पराएका थिए । ‘वेलकम टु द जङ्गल’मा अक्षय कुमार, दिशा पटानी, ज्याकलिन फर्नान्डिज, अर्शद वारसी, सुनिल शेट्टी, रविना टण्डन, परेश रावल, लारा दत्ता, तुषार कपुर, श्रेयस तलपदे, जोनी लिभर, राजपाल यादवलगायत कलाकारहरूको पनि अभिनय रहेको छ । फिल्ममा किकु शारदा, दलेर मेहन्दी, मिका सिंह पनि छन्।