सर्वोच्चले खोजेको रवि लामिछानेविरुद्ध कास्की प्रहरीमा परेको जाहेरी (निवेदनसहित)

काठमाडौ।गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ‘होइन,थाहा छैन र मेरो संलग्नता छैन’ भनेकै बिषयमा उनी विरुद्ध सहकारी ठगीको अभियोगमा पिडितको उजुरी परेको प्रमाण हामिले भेट्टाएका छौं ।

पोखरास्थित सूर्यदर्शन सहकारीका पीडितहरूले उपप्रधानमन्त्री एवं  गृहमन्त्री रवि लामिछानेसहित ४ जनाको नाम र ठेगाना नै किटान गरी गएको माघ २२ गते कास्की प्रहरीमा जाहेरी दिएको खुलेको छ।सो उजुरीको सक्कल कपि हिजो अदालतले झिकाउन आदेेेश दिएको थियो। सुरुमा प्रहरीले रवि विरुद्धको जाहेरी लिन र दर्ता गर्न नै मानेको थिएन भन्ने पनि खुलेको छ। तर, पछि प्रहरीले सहकारी पीडितले यसअघि नै निवेदन दिइसकेको र पूरक निवेदन पनि आउने क्रममा रहेकाले यो निवेदनलाई पनि सोही प्रक्रियाअन्तर्गतकै कागजातका रूपमा मात्रै बुझेको थियो।

२५ जना पीडितले हस्ताक्षर र ल्याप्चे लगाई पेस गरेको निवेदनको एक नम्बरमा नै रविको नाम छ।त्यहाँ लेखिएको निवेदनको कसुर गर्ने व्यक्तिको नाम, थर ठेगाना भन्ने शीर्षकमा स्थायी ठेगाना काठमाडौँ जिल्ला कामनपा वडा नम्बर ६, वर्ष ४८ को रवि लामिछाने (गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक, सूर्यदर्शन सहकारीमा खाता नम्बर १०३९०००६६७५७ भएको ) भन्ने किटानी गरिएको छ।

रवि लामिछानेले मेरो खाता नै छैन भन्ने गरेकोमा उनको खाता नम्बर समेत उजुरीमा उल्लेख छ । उजुरीकर्ता कृष्णप्रसाद जैसी, भीमा त्रिपाठी, भीमबहादुर रानाभाट, जमुना भण्डारी, विक्रम कँडेल, देवकी दाहाल, लक्ष्मी अधिकारीलगायतले आफ्नो बिगो बराबरको रकम सहकारीका संस्थापक, सञ्चालक, लेखा समितिका सदस्य, विभिन्न कम्पनी र कम्पनीका प्रबन्ध निर्देशक तथा ऋणी स्वयंको समेत मिलेमतो र संलग्नतामा आफूखु्सी दु्रुपयोग गरी व्यक्तिको नाममा जग्गा तथा सम्पत्ति खरिद गरी त्यसबाट ठूलठूला भवन निर्माण गर्नाका साथै विलासी जीवनयापनमा खर्च गरी हामी हामी बचतकर्ताको रकम फिर्ता नगरेकाले किटानी जाहेरी दिएको उल्लेख गरेका छन्।

निवेदनमा अगाडि भनिएको छ,‘प्रकरण ३ मा उल्लेखित रवि लामिछानेलगायतका व्यक्ति तथा संस्थाका पदाधिकारीलाई यथाशीघ्र पक्राउ गरी सहकारीसम्बन्धी कसुरमा अनुसन्धान गरी प्रस्तुत कसुरमा अन्य कोही कसैको संलग्नता भए निजहरूबाटै खुलाई निजहरूलाई सहकारी ऐन २०७४ तथा मुलुकी अपराध संहिता २०७४ को ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन ) सम्बन्धी कसुरअन्तर्गत हदैसम्मको सजाय गरी हामी जाहेरीवाललगायत अन्य पछि पीडित बनी रकम जम्मा गरेको प्रमाणसहित आधार प्रमाणसहित उपस्थित हुने बचतकर्ताको रकमको सावाँ-ब्याजलगायतको क्षतिपूर्ति निज प्रतिवादीहरूबाटै दिलाई–भराई न्याय दिलाइ पाऊँ।’

हेर्नुस् उजुरी :-

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय