आइसिसी टी-२० क्रिकेट विश्‍वकप आइतबारदेखि सुरु

काठमाडौं, २० जेठ । सबैभन्दा छोटो फर्म्याटको अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता अर्थात् आइसिसी टी-२० क्रिकेट विश्‍वकप आइतबारदेखि सुरु हुँदै छ । वेस्ट इन्डिज र अमेरिकामा संयुक्त रुपमा हुने प्रतियोगिता जुनको अन्तिमसम्म चल्ने छ ।

प्रतियोगिताको पहिलो खेलमा समूह ए अन्तर्गत आयोजकमध्येको एक अमेरिका र क्यानडा आमनेसामने हुँदै छन् । खेल नेपाली समय अनुसार आइतबार विहान ६ बजेदेखि सुरु हुने छ ।

यस प्रतियोगितामा सहभागी कुल २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा रहने पाँच टोलीमध्ये शीर्ष दुई टोली सुपर आठका लागि छनौट हुने छन् । त्यसपछि आठ टोलीलाई दुई समूहमा विभाजित गरी हुने चार/चार टोलीको हरेक समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनल खेल्ने छन् ।

यसपटकको टी-२० क्रिकेट विश्‍वकपमा नेपाल पनि खेल्दै छ । समूह डी मा रहेको नेपालले आफ्नो पहिलो खेलमा जुन ४ मा नेदरल्यान्ड्ससँग खेल्ने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय