कैलाश सिरोहिया हाजिर जमानीमा रिहा

काठमाडौं, १६ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया प्रहरी हिरासतबाट हाजिर जमानीमा रिहा भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले परिवारका सदस्यलाई जिम्मा लगाउने गरी हाजिर जमानीमा छाडेको हो ।

सिरोहियालाई अनुसन्धानका लागि हिरासतमा राख्नु पर्ने अवस्था विद्यमान नरहेकोले हाजिर जमानीमा छाड्न लागिएको हो।

धनुषा प्रहरिको हिरासतमा रहेका सिरोहियाको स्वास्थ्यमा समस्या देखिएपछि मङ्गलबार हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय