रेमल चक्रवातको प्रभाव कायमै, यी स्थानमा वर्षाको सम्भावना

काठमाडौं, १५ जेठ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायुको प्रभाव सँगै देशको पुर्वी भुभागमा ‘रेमल’ चक्रवातको सामान्य प्रभाव रहेको छ।

हाल देशको कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेेश र कर्णाली प्रदेश लगायत बाँकी पहाडी भुभागमा आंशिक देखि साधारणतया बदली रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारण बदली तथा बाँकी भू-भागमा आंशिक देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेश र कर्णाली प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यसैगरी राति कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका केही स्थानहरूमा तथा बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • नारायण गोपाल र ‘बा.अ.म. ६४८’

    नारायण गोपालको त्यो मोटरसाइकल जसले अहिलेपनी धेरै कुरा संझाउँछ। ‘बा.अ.म. ६४८’ नम्बरको यो एउटा मोटरसाइकल अनेक स्मृति र जीवनको...