काठमाडौंमा कांग्रेसको प्रदर्शन र सभा
काठमाण्डौ ।नेपाली कांग्रेसले जुलुस सहित काठमाण्डौको प्रदर्शनीमार्गमा आइतबार विरोध सभा गरेको छ ।
सहकारीको रकम हिनामिना प्रकरणमा अहिलेका गृहमन्त्री रवि लामिछानेको पनि नाम मुछिएकाले उनिसहित समग्र सहकारीको विषयमा छानविन गर्न माग गर्दै नेपाली कांग्रेसका भातृ संगठनले विरोध सभा गरेका हुन् ।
आमसभाअघि कांग्रेसले विभिन्न ठाउँबाट नारा लगाउदै जुलुस पनि निकालेको थियो । प्रदर्शनकारीले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरण, नागरिकता, पासपोर्टलगायतमा छानबिन गर्नुपर्ने मागसहितको प्लेकार्ड बोकेका थिए।
सभालाई पार्टी महामन्त्री बिश्वप्रकाश शर्मा,बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ,काठमाडौं जिल्ला सभापति सबुजकृष्ण बानियाँ,ललितपुर सभापति जितेन्द्र श्रेष्ठ,नेपाल महिला संघकि सभापति उषा राउत लगाएत केन्द्रिय नेताहरूले सम्बोधन गरेका थिए।