पश्‍चिम तराईमा तातो हावाको लेभल ‘रेड जोन’मा, सतर्क रहन आग्रह

काठमाडौं, १३ जेठ । मौसम पुर्वानुमान महाशाखाले तराईका जिल्लाहरुमा तातो हावा अर्थात् ‘लु’ को जोखिम बढेको भन्दै सतर्क रहन आग्रह गरेको छ । महाशाखाले आइतबार विशेष बुलेटिन जारी गर्दै उक्त अनुरोध गरेको हो ।

पछिल्ला केही दिनहरुमा पश्‍चिम तराईका जिल्लाहरुमा तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको छ । आगामी केही दिनसम्म देशभरको तापक्रम केही बढ्ने र विशेषगरी तराईका जिल्लाहरुमा तातो हावा र अत्याधिक गर्मीको सम्भावना रहेकाले आवश्यक तयारी गर्न र सजगता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकोले सो बाट बच्नका लागि विभिन्‍न उपायहरू अपनाउन महशाखाले अनुरोध गरेको छ ।

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी Expose नहुने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक-पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मी संग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन अनुरोध गरिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • ‘बोक्सीको घर’मा कलझगडा !

    काठमाडौं ।कलाकार केकी अधिकारीले निर्माण गरेको चलचित्र ‘बोक्सीको घर’ले बम्बर ब्यापारको साथमा ५१ दिन मनाएसँगै निर्देशक र...