पोखरामा सहकारी पीडितको एकै स्वर: जीबी राई कहाँ छ ? रवि दाईलाई थाहा छ
पोखरा, १३ जेठ । पोखरामा रहेका विभिन्न सहकारीबाट पीडित बचतकर्ताले उपप्रधान एवं गृहमन्त्रीको राजीनामाको माग गर्दै प्रदर्शन गरेका छन् ।
पोखराको सूर्यदर्शन, शिवशिखर, प्राइम, मित्रमिलन, इमेज, विन्ध्यवासिनी, बलिदानी लगायत सहकारीका बचतकर्ताले आफूहरुको रकम हिनामिना गरी सञ्चालकहरु फरार भएको भन्दै आइतबार प्रदर्शन गरेका हुन् ।
उनीहरुले गृहमन्त्री रवि लमिछानेको राजीनामा माग्दै बचत गरेको रकम अपचलनबारे संसदीय छानबिन समिति बनाउन समेत माग गरेका छन् । त्यस्तै सहकारी ठगीमा संलग्न जोकोही भएपनि कारवाहीको दायरामा ल्याउन सरकारसमक्ष माग गरेका छन् ।
प्रदर्शनका क्रममा उनीहरुले ‘जीबी राई कहाँ छ ? रवि दाइलाई थाहा छ’, ‘सहकारी ठग चिल्लो गाडीमा सरर, पीडित भोक प्यासले हरर’ लेखिएका पम्फ्लेटहरु प्रदर्शन गर्दै नाराबाजी गरेका थिए ।