बजेट भाषण हुने बेलासम्म प्रतिपक्षसँग सहमति हुने विश्‍वास छ

काठमाडौं, १३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षका लागि आउन लागेको बजेट भाषण हुने बेलासम्ममा सत्तापक्ष र प्रतिपक्षबीच सहमति हुने दाबी गरेका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि भएको छलफलमा बोल्ने क्रममा उनले यसरी अवरोधकै बीच नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुपर्दा नमिठो लागेको अनुभव सुनाउँदै छिट्टै समझदारी बन्‍ने विश्‍वास व्यक्त गरेका छन् ।

आजको संसद बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नाराबाजी गर्दै अवरोध पुर्‍याएको थियो । नाराबाजीकै बीच सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

अब जेठ १५ गते दुई सदनको संयुक्त बैठक बस्‍ने छ भने सोही दिन आगामी आर्थिक वर्षका लागि बजेट पनि सार्वजनिक हुने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • ‘बोक्सीको घर’मा कलझगडा !

    काठमाडौं ।कलाकार केकी अधिकारीले निर्माण गरेको चलचित्र ‘बोक्सीको घर’ले बम्बर ब्यापारको साथमा ५१ दिन मनाएसँगै निर्देशक र...