मुटुमा समस्या देखिएपछि कैलाश सिरोहिया अस्पताल भर्ना

धनुषा, १२ जेठ । नागरिकतासम्बन्धी मुद्दामा पक्राउ परी चार दिनदेखि हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् । उनलमई उच्च रक्तचाप र मुटुको चालमा गडबडी आएपछि अस्पताल भर्ना गरिएको हो ।

सुगर र उच्च रक्तचापको समस्या पहिलेदेखि नै भोग्दै आएका सिरोहियालाई टाउको दुख्ने, रिंगटा लाग्ने, छाती दुख्ने जस्ता समस्या आएपछि अस्पताल भर्ना गरिएको हो ।

केही समयअघि भारतमा एन्जिओग्राफी गराएका सिरोहियाले अहिले पनि ग्रान्डी अस्पतालमा फलोअप चेकजाँच गराइरहेका थिए । उनको आजको परीक्षण रिपोर्ट भने आइसकेको छैन ।

शुक्रबार धनुषा जिल्ला अदालतले सिरोहियालाई थप तीन दिन हिरासतमा राख्‍न म्याद थप गरेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • ‘बोक्सीको घर’मा कलझगडा !

    काठमाडौं ।कलाकार केकी अधिकारीले निर्माण गरेको चलचित्र ‘बोक्सीको घर’ले बम्बर ब्यापारको साथमा ५१ दिन मनाएसँगै निर्देशक र...